प्रधानमन्त्री ओलीलाई भारतमा गृहमन्त्री सिंहले गरे स्वागत, यस्तो छ भ्रमण तालिका

नयाँ दिल्ली–प्रधानमन्त्री केपी ओली तीन दिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन् ।उनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीको स्वागतमा भारतका अर्थ राज्यमन्त्री शिव प्रताव शुक्ला पनि सहभागी थिए ।

प्रधानमन्त्री ओली बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमको विमानमा दिल्ली प्रस्थान गरेका थिए ।प्रधानमन्त्री ओलीको स्वागतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै विमानस्थल आउन सक्ने सम्भावना औंल्याइएको भए पनि उनी स्वागतमा आएनन् । भारतले प्रधानमन्त्री ओलीको स्वागतमा कसलाई पठाउने भन्ने सार्वजनिक गरेको थिएन ।प्रधानमन्त्री ओली विमानस्थलबाट राष्ट्रपति भवनतर्फ प्रस्थान गरेका छन् । उनी राष्ट्रपति भवन मै अतिथीका रुपमा रहनेछन् ।

प्रधानमन्त्रीको भ्रमण तालिका

पहिलो दिन, शुक्रबार

बिहान १०: ४५ मा दिल्ली अवतरण

अपरान्ह १२:४५ मा होटल ताज प्यालेसमा इन्डियामा भारतीय उद्यमी व्यापारीहरुसँग अन्तरक्रिया

यसबीचमा केही निजी तथा राजनीतिक भेटघाट

बेलुका ४:४५ मा नेपाली दूतावासमा नेपाली समुदायसँग अन्तरक्रिया
लगत्तै राहुल गान्धीसँग भेटवार्ता (अझै तय हुन बाँकी)

साँझ ६:३० मा प्रधानमन्त्री मोदीसँग उनको निवासमा भेटवार्ता

नेपाली दुतावासद्वारा होटल इम्पेरियलमा आयोजित रात्रिभोजमा सहभागी

शनिबार

बिहान ९:०० मा राष्ट्रपति भवनमा गार्ड अफ अनरसहित सेरेमोनियल रिसेप्सन

बिहान ९:३० मा राष्ट्रपति रामनाथ कोविन्दसँग शिष्टाचार भेट

१०:१५मा विदेशमन्त्री सुष्मा स्वराजद्वारा शिष्टाचार भेटवार्ता
बिहान ११ महात्मा गान्धीको समाधीस्थल राजघाटमा माल्यार्पण

११:३० मा हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता (मुख्य वार्ता)

अपरान्ह १२ :१५ बजे रिमोटद्वारा वीरगञ्जस्थित एकीकृत जाँचचौकी र अरुण तेस्रो उद्घाटन

त्यसलगत्तै संयुक्त पत्रकार सम्मेलन,

त्यसपछि राजनीतिक भेटघाट

साँझ ६ मा उपराष्ट्रपति बैंकया नायडुसँग शिष्टाचार भेट

७:०० मा गृहमन्त्री राजनाथ सिंहद्वारा शिष्टाचार भेट

७:३०मा इन्डिया फाउन्डेशनको कार्यक्रममा नागरिक अभिनन्दन र सम्बोधन

तेस्रो दिन आइतबार

बिहान ९ मा उत्तराखण्ड पन्तनगरका लागि प्रस्थान

पुगे लगत्तै ब्रिडर सिड प्रोडक्सन सेन्टर, एकीकृत कृषि परियोजनाको निरिक्षण,

कृषि विश्वविद्यालयकै हलमा मानार्थ विद्यावारिधीको प्रमाणपत्र प्रस्तुत हुने,

त्यसलगत्तै नयाँ दिल्ली हुँदै ६ बजे नेपाल एअरलाइन्सको चार्टर उडानमा स्वदेश फिर्ता