जापानका पूर्वप्रधानमन्त्री आवेको राजकीय सम्मानका साथ अन्त्येष्टि

एजेन्सी । गत जुलाईमा निधन भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

राजधानी टोकियोमा भएको अन्तेष्टी समारोहमा विश्वभरका नेताहरुको सहभागिता रहेको थियो । गत जुलाईमा निधन भएका आवेको तीन महिनापछी अन्तेष्टि गरिएको हो ।

जापानमा सामान्यतया राजपरिवारका सदस्यको निधन हुँदा मात्रै राजकीय अन्त्येष्टिको व्यवस्था हुने गरेकोमा लोकप्रिय नेताका रुपमा परिचित र लामो समयसम्म प्रधानमन्त्री पदमा रहेको भन्दै आवेलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

अन्तेष्टि समारोहमा आवेलाई १९ तोपको सलामी समेत दिइएको थियो । समारोहमा करिब १ सय देशका नेता सहभागी थिए । अन्त्येष्टीमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहित २ सय ५० देशका ७ सय बढी प्रतिनिधी सहभागी भएका थिए ।

आबेको अन्तेष्टि समारोहमा १ दशमलव ८ बिलियन जापानी येन खर्च भएको अन्तराष्ट्रिय सञ्चामाध्यमहरुले जनाएका छन् ।