कस्तो रहला त आजको मौसम ?

काठमाडौं । देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ। हाल मनसुनको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ।

जसको प्रभावले प्रदेश १, मधेस र बागमती प्रदेशका एक(दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहीबार दिउँसो प्रदेश १, मधेश र बागमती प्रदेशका एक(दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। यी स्थानमा राती पनि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ।

वर्षाको सम्भावना रहेका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको महाशाखाले जनाएको छ।