देशभर डेंगुबाट ४१ जनाकाे मृत्यु

काठमाडौं । हालसम्म डेंगु संक्रमणका कारण ४१ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झाडापखाला, हैजा र डेंगुबाट बच्न आग्रह गरेको छ ।

डेंगुबाट बच्न घरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने भएकाले पानी जम्न नदिने, घरका झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउन र पूरै शरीर ढाक्ने लुगा लगाउन सरकारले भनेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म देशका ७ वटै प्रदेशका ७६ जिल्लामा ३१ हजार १ सय ३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।