पुटिनले युक्रेनी जनताविरुद्ध अपराध गरे : बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनको राजधानी कीभ लगायतका शहरहरुमा गरेको मिसाइल आक्रमणलाई आतंकवादी कारबाहीको संज्ञा दिएका छन् ।

उनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनी जनताविरुद्ध युद्ध अपराध गरेको आरोप समेत लगाए । उनले रुसमाथिको अमेरिकी प्रतिबन्ध जारी नै रहने बताए । राष्ट्रपति पुटिन अत्याचार र युद्ध अपराधको जिम्मेवार हुनुपर्ने उनले बताए ।

युक्रेनको स्वतन्त्रता रक्षाका लागि अमेरिका हरदम साथ रहने समेत उनले दोहोर्याए । साथै राष्ट्रपति बाइडेनले रुसको मिसाइल आक्रमणमा परी घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।