इलामको नामसालिङ र कम्युनिष्ट राजनीति

नामसालिङ गाविस इलाम जिल्लाको बिच भागमा रहेको छ। यो गाविस इलाम जिल्लामा शैक्षिक जागरणको हिसावले इलाम जिल्लाकै प्रथम स्थानमा पर्दछ। इलाम सदरमुकामको अत्यन्तै नजिक रहेर पनि विकास निर्माणको क्षेत्रमा भने पञ्चायति कालभरि ओझेलमा रहन वाध्य भएको गाउँ हो नामसालिङ।

भौगोलिक धरातलिय हिसावले यो गाउँ धेरैनै सुन्दर धरातलिय वनावटले सजिएको गाउँको रूपमा परिचित छ नामसालिङ। यस्को पूर्व र पश्चिम दुवै तर्फ इलामलाई परिचित गराउने चारखोला मध्देका माई र जोगमाई नदिहरू सदावहार बगिरहेका छन। पूर्व पश्चिम र दक्षिण तिनै तिरबाट नदिहरू वगिरहेपनि यो गाउँ सिन्चाई सुविधावाट बन्चितनै रहनु पञ्चायति शासकहरूको विकास विरोधि चरित्र झल्किने ठोस प्रमाण हो।यहाँ वहुजातिय वसोवास रहेका कारण सामाजिक एकता भने राम्रै रहेको पाईन्छ।शिक्षाको लागि पहिले देखिनै शुक्रवारेमा एउटा मावि भएको नाताले अग्रणि स्थानमै रहेको छ। यहाँका वौदिक व्यक्तित्वहरू उच्चशिक्षा हासिल गरेर राज्यका माथिल्ला निकायमा प्रमुखको जिम्मेवारी लिएर वसेका कारण एनजिओ आईएनजिओ जस्ता सस्थाको माध्यमवाट नगन्य कामभने गरेको देखिन्छ। केही ठूला जमिन्दार समेतको वसोवास भएको कारण यहाँका आर्थिक रूपले विपन्न वर्गभने सामन्ति शोषणको मारभित्र बाच्नु परेको यथार्थ यहाँको अर्को परिचय हो।

प्रथम पटक २०११ सालमा भरत मोहन अधिकारी र वलराम उपाध्याय नेपाल कम्युनिस्ट पार्टिको प्रतिनिधिको हैसियतले नामसालिङ आउनु भएको थियो। वहाँहरूको केही दिनको वसाई पश्चात् नामसालिङका चन्द्रमणि ढकाल,चक्रपाणि नेपाल,वुद्धिमान तामाङ र रामचन्द्र पोख्रेलहरूसग भेटधाट गरि नेपालमा कम्युनिस्ट आन्दोलनको आवस्यकता र अौचित्यवारे कुराकानि भयो। यसरी ०११ सालवाटै नामसालिङमा कम्युनिस्ट राजनितिको शुरूवातलाई अगाडि वडाएको हो। यसपटकको भेटधाट र भेलाले प्रथम पटक ईलाम जिल्लामा अखिल नेपाल किसान सधको जन्म गराएको थियो। यस्ले ०१५ सालको आम निर्वाचनमा सकारात्मक भूमिका निर्वाह गर्यो। जस्को परिणामस्वरूप इलाम जिल्लामा कम्युनिस्ट उमेद्वारको पक्षमा राम्रो मत सङ्कलन गर्न सफल भयो।

यसपछि नेपाल कम्युनिस्ट पार्टिमा गुट र उपगुटको जन्म भई सङ्गठित भएर अगाडि बढन लागेको राजनितिमा वज्रपात भयो र ०१९ पछि राजा महेन्द्रले पार्टिमाथि प्रतिवन्ध लगाएकोले ठोसरूपमा कम्युनिस्ट आन्दोलनले गति लिन सकेन। यसरी हेर्दा नामसालिङलाई कम्युनिस्ट आन्दोलनको जननि गाउँको रूपमा हेर्न सकिन्छ। एकातिर गुट र उपगुटको स्थिति वहोर्नु परेको कम्युनिस्ट विचारधाराले अर्कोतर्फ राजाको कु पछि भएको प्रतिवन्धित अवस्थाको कारण नामसालिङमा थप विकास र बिस्तारमा पूरै अवरोध श्रृजना भयो। माथि उल्लेखित साथिहरू पनि आफू भित्रको कम्युनिस्ट विचारधारालाई आफै भित्र सुरक्षित राखेर वस्न बाध्य हुनुभयो। यसरी प्रथम चरणको राजनितिक शुरूवातको अध्याय स्थगित भएको ईतिहास छ ।

अब कोके र माले पार्टि गठन पश्चात् दोस्रो प्रयास र पहलमा इलाम जिल्ला कमिटिले पूर्णकालिन कार्यकर्ताहरू परिचालन गर्यो। सर्व प्रथम जीवन मगर र क्रमस मकरध्वज९ कुमार तिवारि० मणिकुमार लिम्बू लगायतलाई त्यस क्षेत्रको काम हेर्नेगरि जिम्मेवारी दियो। तर यस अवधिमा स्थानिय अन्तरविरोधको सहि परिचालन हुन नसक्दा र ठोस रूपमा सङ्गठनको कामलाई पार्टि कामको मेरूदण्डको रूपमा पक्रिएर काम गर्न नजान्दा राजनितिक कामले प्रगति उन्मूख नतिजा दिन सकेन। त्यसपछि पार्टिले कमरेड पदम भण्डारीलाई उक्त क्षेत्रको जिम्मेवारी दिएपछि भने स्थानिय समस्याको पहिचान गरेर सङ्गठनात्मक कामलाई प्रमुख महत्वको बिषय ठानि काम गर्दा निम्न कमरेडहरूको ठूलै सङ्ख्या पार्टिको वरिपरि गोलवन्द हुनुभयो। यसरी पार्टिमा गोलवन्द भई काममा जुट्नुहुने कमरेडहरूमा कमरेड लोक वहादुर लिम्बू,सेरहाङ लिम्बू,धन कुमार थुलुङ, कृष्न कुमारि लिम्बू, इच्छाराम कट्टेल, याम अधिकारी, धनसिग लिम्बू, गायत्रि काफ्ले, खगेन्द्र धिमिरे, गोपाल रिजाल, ध्रुव श्रेष्ट, गौतम प्रधान, शान्ता पौडल, मिरा पौडेल , ज्ञान वहादुर रसाइलि, नेत्र सुवेदी, मन वहादुर लिम्बू, योगेन्द्र पौडेल, विनोद पौडेल, शिव धिमिरे, टीका तिम्सिना, मणि कुमार देवान, नेत्र र गोपाल रिजालकि आमाहरू, कृष्न कुमारि भट्टराई, बिष्नु धिमिरे, सूर्य धिमिरे, वेद ढकाल, कृष्न कुमारि अधिकारी, भुवन अधिकारी, गिरि वहादुर राई, प्रेम लम्साल, मोहन लम्साल, गणेश राई, श्याम वहादुर धले, मन वहादुर राई, पदम वहादुर विस्वकर्मा लगायत ठूलै सङ्ख्या पार्टिको वरिपरि गोलवन्द भयो।

नामसालिङ इलामको कम्युनिस्ट आन्दोलनमा, आन्दोलनको हरेक चरणमा नतिजा युक्त परिणाम आउने शक्तिको रूपमा रहेको देखिन्छ। पञ्चायतको भण्डाफोर गर्दै पञ्चायति निर्वाचनलाई उपयोग गर्ने क्रममा स्थानिय निर्वाचनमा कमरेड इच्छाराम कट्टेललाई प्रधानपञ्चको रूपमा उम्मेद्वार खडागरि नामसालिङले विजयको झण्डा फहराएको कुरा यस्को राम्रो उदाहरण हो। निर्वाचनमा हारको नतिजा हात पारेका स्थानिय प्रतिकृयावादिहरूले केही समय पछि अनेकौ झुटा वाहनामा झुटा मुद्दा लगाएर कमरेड इच्छाराम कट्टेललाई गिरफ्तार गर्न र असैह्य यातनाका साथ वन्दि बनाउन सफल भए। यसरी कम्युनिस्ट सखाप पार्ने वहानामा टीका तिम्सिना,याम अधिकारी,गोपाल रिजाल,मणि कुमार देवान हरूलाई पटक पटक गिरफ्तार गर्ने यातना दिने र जेलमा कोच्ने सम्मका धटनाहरू पञ्चायति कालो शाशनका नमुनाहरू हुन। स्थानिय आन्दोलनको वेला झडपको क्रममा पञ्च वहादुर देवानको मृत्यु भएपछि मणि देवानलाई लामै समय जेल जीवन बिताउन बाध्य हुनु पर्यो। शिव धिमिरे भूमिगत भई भारत प्रवासमा रहेको अभाप्रनेसङ्गमा सङ्गठित भएर काम गर्ने स्थिति बन्यो । खगेन्द्र धिमिरेको धरमा दिन दहाडै प्रहरिले आक्रमण गर्यो।खगेन्रदका बृद्दबुबा र दाजु सूर्य धिमिरेलाई आक्रमणबाट सक्त धाईते वनाउने काम भयो।

धेरै अप्ठ्यारो परिस्थिति भित्र नामसालिङमा काम गर्नको लागि याम अधिकारी,खगेन्द्र धिमिरे, ज्ञान वहादुर रसाईलि मन वहादुर लिम्बू, इच्छाराम कट्टेल, योगेन्द्र पौडेल, लोक वहादुर लिम्बू धनसिङ्ग लिम्बू कमरेडहरूको धरलाई मुख्य सेल्टरको रूपमा प्रयोग गरिन्थ्यो। भूमिगत अवस्थामा नामसालिङ,सोयाङ,प्याङ,जमुना ,नयाँवजार,जोगमाइ,गोर्खे समेत सात गाउँ पलिकाको एउटा इलाका कमिटि थियो। यो कमिटिमा नामसालिङ बाट याम अधिकारी, खगेन्द्र धिमिरे र गोपाल रिजाल तिनजना जिम्मेवारिमा पुग्नु भएको थियो। इलाममा पञ्च प्रशाशनको दमन तिव्र गतिमा वडि रहेको हुदा हाम्रो पार्टि आफ्नो शक्तिलाई कसरी सुरक्षित र मजवुत बनाउन सकिन्छ भनेर लागि रहेकै थियो। त्यतिखेर खगेन्द्र धिमिरे पनि पेशेवररूपमै काममा खट्नु हुन्थ्यो। एक पटक कमरेड खगेन्द्र र म पदम भण्डारी सेल्टरको सुरक्षा र सम्पर्कित व्यक्तिहरूको व्यवस्थापनमा खटि रहदा तीन दिन देखि खाने पिउने समय मिलि रहेको थिएन। यस्तैमा बरबोटे तिर वाट नामसालिङ प्रवेश गर्ने क्रममा भोक निन्द्रा र थकाईले खुट्टा चल्न सक्ने स्थिति भएन। हामी नामसालिङ पुछारको एउटा डिहिमा आराम गर्न वस्यौ । डिहिको छेउमै एउटा करेलाको ठूलो झ्याङ रहेछ। मेरो झोलामा अभरमा काम लाग्छ भनेर अलिकति नून बोक्ने गरेको थियो। अब हामिले त्यो करेलाको झ्याङ बाट दुई केजि जति करेला टिप्यौ, छेउमै रहेको जिरे खोर्सानिको वोटवाट एक अञ्जुलि जिरे खोर्सानि टिपेर मानेको पातमा राख्यौ यतिखेर झोलामा भएको नूनको काम आयो। दुई जनाले काचो तिते करेला,नून र जिरे खोर्सानि खाएर तीन दिन देखिको भोक प्यास मेटाउने काम भएको धटना कम्युनिस्ट पार्टि निर्माणको समवन्धमा अविस्मरणिय क्षण थियो।

यसरी हज्जारौ अप्ठ्यारा र कहालिलाग्दा क्षणहरूमाथि अथक र अनवरत युद्धवाट बिजय प्राप्त गरि निर्माण भएको पार्टिमा पछिल्लो समयमा धिनलाग्दा,अशोभनिय अपराधजन्य प्रवृतिहरू मौलाउन थालेका छन। यस्ता प्रवृत्तिहरूले मुख्यत ईतिहास र आदर्समाथि प्रहार गर्दै ईतिहास र आदर्सहरूलाई मटियामेट गरेर सामन्ति मुखियावाद समेतलाई माथ गर्ने सस्कृतिको विजारोपण गरि रहेको छ। यसो गर्दै उनिहरूले जातिय रूपमा सामाजिक विभेद जन्माउने काम गरेका छन। हिजो पार्टि निर्माणको कालमा वाटामा भेटिएका पैसाहरू पेशेवर कार्यकर्तालाई आफन्तहरूले दयामाया गरि दिईएका केही पैसाहरू समेत इमान्दारिपूर्वक कमिटिमा पेश गरि हिसाब किताब अनुशाशित रूपमा राख्ने चलनको विरूद्द ज्याला बनी गरि कमाएको केही रकम पार्टि लेवि र कोटाको रूपमा दाखिला गरि हिसाब समेत राखिएको ठूलै रकम हिनामिना गरि गलत प्रतिवेदन प्रस्तुत गरेर इमान्दार कार्यकर्ताहरूलाई भ्रममा राख्ने सम्मका अपराधिक कामहरू हुन थालेका छन। यतिमात्र होईन सम्सदिय र राजकिय क्षेत्रका लाभग्राहि पदहरू जीवन पर्यन्त पावरमा रहन एउटै व्यक्तिले मात्र कव्जागर्ने सामन्तवादि हैकमि चरित्रले खुल्लम खुल्ला शिर उठाई रहेको छ। जिवनभर ठूल ठूला अप्ठ्याराहरूलाई जितेर आएका कार्यकर्ताहरू यस्तो प्रवृत्तिको भरियामात्र वनाउने कुुराले कम्युनिस्ट आदर्स र सिद्दान्तलाई उपहास गरि रहेको छ। यस्ले आम कार्यकर्ताहरूमा निरासा र पार्टि प्रति वितृष्णा उत्पन्न हुन शुरू गरेको छ। जीवन पर्यन्त लडेर पार्टि निर्माण गर्ने व्यक्तिका परिवारहरू विरक्तिएर मनोरोग जस्ता खतरनाक रोगका सिकार हुन थालेका छन। यदाकदा सरकारमा पुग्ने अवसर पाएका जिम्मेवार व्यक्तिहरू९ मन्त्रि जिएम आदि० ले राज्यको नीति र योजना वमोजिम पाउने अनुदान लगायतका अन्य सुविधाहरू आफ्ना मान्छे वा कमिशन दिने ठाउँमा मात्र बितरण गरि आफ्नो पार्टिका कार्यकर्ताहरूलाई विमुख र निरास बनाउने काम भएको छ। यो कुरा निम्नपूजिवादि सामन्तवाद भन्दा फरक देखिएन ।

माथि उल्लेखित बिकृति र खरावि केही नमुना मात्र हुन। समयक्रममा बिस्तारै उजागर हुँदै जानेछन। त्यसैले लामो जीवन त्याग र वलिदानि आन्दोलनवाट आएका तपाईं कार्यकर्ताहरूले यो वेथिति र विसङ्गतिहरूलाई अहिलेनै राम्रो ढङ्गले आत्मसात गर्दै अगाडि बड्न जरूरि छ। केहिथान नव धनाड्य मुखियाहरूको हैकमवाट पार्टि र जनतालाई वचाउदै न्यायपूर्ण नागरिक र समानताको जीवन जिउन तथा आफ्ना धोषित लक्ष लाई प्राप्त गर्न पार्टिव्यापि सुद्दिकरण र सुदृढिकरणको लागि कठोर कदम चाल्न जरूरि छ। यसो गरि रहदा त्यस्तो प्रवृतिका वाहकहरूले तपाईलाई नयाँ नयाँ प्रलोभन, डर, धाक, धम्कि लगायतका हथकण्डा समेत प्रयोग हुन सक्ने कुरालाई मध्यनजर गर्दै आ आफ्नो ठाउँबाट पार्टिलाई शुद्द वनाउन अहिले रआजै देखि लागेमा नामसालिङले कायम गरेको ईतिहासलाई अझै माथि उठाउन सकिने छ।