नेपाली चेस टोलि बंगलादेशमा

काठमाडौं । शेख रसेल कप अन्र्तराष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपमा सहभागी हुने नेपाली टोलि मंगलबार बंगलादेश प्रस्थान गरेको छ । अक्टोबर १२ देखि २१ सम्म ढाकामा सम्पन्न हुने प्रतियोगितामा नेपालको तर्फबाट ५ खेलाडी तथा १ आर्विटर गरी ६ जनाको सहभागीता रहने छ । प्रतियोगितामा फिडेमास्टर बिलमलाल श्रेष्ठ तथा रिजेन्द्र राजभण्डारी, भेट्रान खेलाडी राजेन्द्र प्रसाद श्रेष्ठ तथा सिंगेश्वर दास र राजेन्द्र बज्राचार्यको सहभागीता रहेको छ ।

पूर्व राष्ट्रिय च्याम्पियन समेत रहेका बिलमलाल, रिजेन्द्र राजभण्डारी तथा राजेन्द्र प्रसाद श्रेष्ठ नेपालको तर्फबाट विभिन्न ओलम्पियाडमा समेत सहभागीता जनाईसकेका खेलाडी हुन । प्रतियोगितामा अन्र्तराष्ट्रिय आर्विटर निरन्जन प्रजापति निर्णायकको भूमिकामा रहनेछन् । प्रतियोगितामा सहभागी हुने टोलिलाई नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम एवं सचिव उमेश केसीले त्रिभुवन विमानस्थलमा शुभकामना सहित बिदाई गरेका छन् ।