आज बढ्यो नेप्से सूचक

काठमाडौं । दुई दिनको ४३ अंकको करेक्सनपछि चौथो दिन नेप्से सूचकमा ११ अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचकमा ११.३६ अंकले बढ्दै १८६६.५२ अंकमा उक्लिएको हो । उसो त दसैंपछि खुलेको बजारमा पहिलो साताको पहिलो कारोबार दिन (आइतबार) नै ४४ अंक माथिले नेप्से बढेको थियो ।

नेप्सेका अनुसार आज नेप्से सूचक ११ अंक माथिले बढे पनि कारोबार रकममा भने खासै सुधार आउन सकेको छैन । यसदिन पनि कुल २० लाख ८५ हजार २८४ कित्ता सेयर किनबेच हुँदै ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ कारोबार भएको छ । अघिल्लो दिन १६ अंकले घटेको बजारमा ५५ करोडको कारोबार भएको थियो ।

आज ट्रेडिङ र म्युचुअल फन्ड बाहेकका अन्य सबै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक २.६८ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंक समूहको उपसूचक २.०९ प्रतिशतले बढेको छ । अन्य समूहको उपसूचकहरुमा आज सामान्य वृद्धि भएको छ ।