डेंगुबाट हालसम्म ४८ जनाको मृत्यु

काठमाडौं । हालसम्म डेंगुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेंगु सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार ७७ जिल्लामा डेंगु फैलिएको छ ।