बझाङमा जीप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु

बझाङ । बझाङमा बुधबार दिउँसो जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । बझाङका डीएसपी जागेश्वर भण्डारीले ६ जनाको घटनास्थलमै मृत्यु भएको र हाल उद्दार कार्य जारी रहेको बताए ।

जीप भीरबाट खसेको प्रहरीले जनाएको छ । स्थानीय डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना भएको प्रहरीको भनाइ छ ।

प्रहरीले दुर्घटनामा परेकाहरुको उद्दार कार्य जारी रहेको र मृतकको सनाखत हुन बाँकी रहेको छ । भीरमा जीप खसेकाले उद्दारमा कठिनाइ भएको भण्डारीको भनाइ छ ।