नवौं राष्ट्रिय खेलकुदमा कराँतेमा पुलिसकै ९ स्वर्ण पदक

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत कराँतेका १९ स्वर्ण पदकमध्ये विभागीय टोली नेपाल पुलिस क्लबले सर्वाधिक ९ स्वर्ण पदक हात पार्दै करातेमा आफ्नो वर्चस्व कायम गरेको छ ।

पर्वतको सदरमुकाम कुश्माबजारको बडागाउँस्थित सेमी कभर्ड हलमा भएको ५३ औं राष्ट्रिय कराँते प्रतियोगितामा ९ स्वर्ण, ३ रजत र ५ कास्य पदक गरि कुल १७ पदक सहित पुलिस च्याम्पियन बन्न सफल भएको हो ।

दोस्रो स्थानमा रहेको एपीएफ क्लबले ५ स्वर्ण, २ रजत र ७ कास्य सहित १४ पदकका हासिल गरेको छ । त्रिभुवन आर्मी क्लब २ स्वर्ण, ५ रजत र १ कास्य गरी कुल ८ पदक सहित तेस्रो स्थानमा रहेको छ ।

यसैगरी, बागमती प्रदेशले २ स्वर्ण, २ रजत र ४ कास्य गरि ८ पदक हात पारेको छ भने सुदुरपश्चिम प्रदेशले १ स्वर्ण सहित ६ कास्य पदक प्राप्त गर्दा गण्डकीले ३ रजत र ३ कास्यमा चित्त बुझायो । प्रदेश नम्बर १ ले ३ रजत र ६ कास्यपदक प्राप्त ग¥यो भने लुम्बिनी प्रदेशले १ रजत र ३ कास्य पदक प्राप्त गर्दा कर्णालीले भने २ कास्य पदकमा मात्र जितेको छ ।

कर्णाली प्रदेशले २ कास्य पदक लिन सफल हुँदा मधेश प्रदेशले भने १ कास्यमा मात्रै चित्त बुझाएको छ । करातेमा १९ स्वर्ण, १९ रजत र ३८ कास्य सहित जम्मा ७६ पदकका लागि खेल भएको हो ।