सागर ढकाललाई प्रधानमन्त्रीमा प्रस्ताव (विज्ञप्तिसहित)

काठमाडौं । हाम्रो नेपाली पार्टी (लौरो अभियान)ले डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवार सागर ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको छ ।

शनिबार एक विज्ञप्ति जारी गरी हाम्रो नेपाली पार्टीले ४ मंसिरको चुनावपछि बन्ने संसदमा ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उभ्याउने प्रस्ताव गरेको हो ।

‘आगामी ४ मंसिरपछि हुने संसदमा हाम्रो नेपाली पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको रुपमा ई सागर ढकाललाई प्रस्ताव गर्ने हाम्रो नेपाली पार्टी (लौरो अभियान) को निर्णय भएको व्यहोरा सम्पूर्ण सबैमा जानकारी गराउँदछौं’ अध्यक्ष अनन्तराज घिमिरेको विज्ञप्तिमा भनिएको छ ।