देश विकास गर्ने पालो युवापुस्ताको हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्ने बागडोर अब युवापुस्ताको हुनुपर्ने बताएका छन् । एउटै व्यक्तिले पटकपटक अवसर पाउँदा धेरै क्षेत्रमा प्रभावकारी ढङ्गले विकास हुन नसकेको हुनाले अब युवापुस्तालाई विकास निर्माणमा लगाउन उपयोगी हुने उनले बताए ।

ललितपुर क्षेत्र नं ३ को घरदैलो कार्यक्रममा आज अध्यक्ष ओलीले ललितपुर क्षेत्रमा अतियोग्य तथा अनुभवी व्यक्तिलाई उम्मेदवारका रूपमा खडा गरेको सुनाए। उनले उक्त क्षेत्रमा युवापुस्ताको उल्लेख्य सहभागिता भएकोप्रति खुसीसमेत व्यक्त गरे ।