चितवन–२ मा १२ जना स्वतन्त्र उम्मेदवारसहित २४ जनाको उम्मेदवारी दर्ता

चितवन । आगामी वैशाख १० गते चितवन निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालय क्षेत्र नं। २ का सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले दिएको जानकारी अनुसार आज सोमबार साँझ ५ बजेसम्म २ महिलासहित २४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । त्यसमा १२ जना दलका उम्मेदवार छन् भने बाँकी १२ जना स्वतन्त्र उम्मेदवार हुन् ।

अहिले आयोगले उम्मेदवारहरुको उम्मेदवारी दर्ता कानुनसम्वत भए नभएको हेरिरहेको आचार्यले जानकारी दिए ।

चैत २१ गते दिउँसो ३ बजेसम्म उम्मेदवारी माथि दावी विरोध गर्ने समय तोकिएको छ भने, दावी विरोध माथि चैत २२ गते छानविन गरी २३ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आचार्यले बताए ।

चितवन २ मा १ लाख २४ हजार ६९५ मतदाता कायम भएका छन् । मंसिरमा भन्दा ४८० जना नयाँ मतदाता थपिएका छन्।