समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई छैन

काठमाडौँ (पास)– प्रहरीले केही अनलाइन मिडियालाई समाचारको स्रोत खुलाउन पत्र काटेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघले आज (आइतबार) प्रेस विज्ञप्ति जारी गर्दै प्रकाशित÷प्रसारित समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई नभएको जनाएको छ ।

‘यस किसिमका घटनाले सञ्चारमाध्यमलाई निर्वाधरूपमा प्रेस स्वतन्त्रताको उपभोग गर्ने काममा बाधा पु¥याउने महासंघको ठहर छ’– विज्ञप्तिमा भनिएको छ– ‘महासंघ यस किसिमका घटना नदोहो¥याउन र पत्रकारलाई निर्वाध ढंगबाट काम गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित पक्षसँग माग गर्दछ ।’