राजधानीमा भएको ‘मुर्दा जुलुश’मा प्रहरी हस्तक्षेप

काठमाडौं– पछिल्लो समयमा भइरहेको सरकारी गतिबिधिहरुको विरोधस्वरुप नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले ‘मुर्दा जुलुश’ निकालेको छ ।

पेट्रोलियम पदार्थको मूल्य बृद्धि र निर्वाचन आयोगका पछिल्ला गतिविधिको पनि विरोध गर्दै त्रिचन्द्र कलेजबाट निस्किएको जुलुशमा प्रहरीले हस्तक्षेप गरेको छ । जुलुशलाई तितरवितर पार्न टियर ग्याँस समेत प्रहार भएको छ । प्रहरीले दुई सेल अश्रुग्याँस प्रहार गरेको छ । विद्यार्थी र प्रहरीबीच झडप समेत भएको छ ।

संगठनले मूल्य बृद्धि खारेज गर्न माग गरेको छ । यस्तै निर्वाचन आयोगलाई समानुपातिक तर्फको मतपरिणाम सार्वजनिक गर्न समेत उनीहरुले माग गरेका छन् ।