यौनदाशीलाई राष्ट्रपति मुनको आमन्त्रण

सोल– दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले दोस्रो विश्वयुद्धका समयमा जापानले यौनदाशीका रुपमा पीडित बनाएका दक्षिण कोरियाली महिलालाई राष्ट्रपतीय कार्यालयमा आमन्त्रण गरेका छन् ।

जापानी सेनाले यौनदाशीका रुपमा राखेर पीडित बनाएका ती महिलासँग माफी माग्न उनले उनीहरुलाई यो आमन्त्रण गरेको दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारमा जनाइएको छ । उनीहरुको समस्या समाधान गर्ने विषयमा सन् २०१५ मा जापानसँग एक सम्झौता भएको थियो । तर सो सम्झौताबाट आपूmहरुको मानमर्दन भएको भनी ती पीडित महिलाहरुले विरोध गरेका थिए । राष्ट्रपति इनले पनि सो सम्झौताबाट उक्त समस्याको समाधान नहुने बताएका थिए ।

जापानी सेनाले दोस्रो विश्वयुद्धका समयमा दक्षिण कोरियाका महिलालाई यौनदाशी राखेको विषयमा कोरिया र जापानबीच बिगत लामो समयदेखि विवाद उत्पन्न भइआएको छ । यी दुई देशबीच सन् २०१५ मा भएको सो सम्झौतामा अन्य विषयहरुका अतिरिक्त यसरी दाशी बनाइएका महिलालाई क्षतिपुर्ती स्वरुप पैसा दिने उल्लेख गरिएको थियो ।

तर त्यस सम्झौतालाई दक्षिण कोरियाको सरकारले सुरुमा सहमति जनाएको र पछि ती महिलाले विरोध गरेका कारण उक्त सम्झौता नै विवादमा आएको थियो । सो सम्झौताको विषयमा राष्ट्रपति इनका प्रवक्ताले बिहीबार भने– हुनत सो सम्झौता दक्षिण कोरिया र जापानका नेताहरुले सहमति गरेका हुन् र त्यसैबमोजिम सहमति पनि भएको भनिएको छ, तर पनि यसबाट उक्त समस्याको समाधान नहुने र कोरियाली नागरिकको प्रतिष्ठामा आँच आउने काम भएकोले उनीहरुसँग माफी माग्न राष्ट्रपतीय कार्यालयमा बोलाइएको हो ।

यसरी दाश बन्न बाध्य भएका र अहिले पनि जिवीत रहेका महिलाले दक्षिण कोरियाको सरकारले आफ्नो रगतसँग पैसा साटेको भन्दै मानवीय समवेदनाहिन भएर सम्झौताका लागि अघि बढेको भनी आरोप लगाएका थिए ।

दक्षिण कोरियाली पूर्व राष्ट्रपति हाइ हाल निलम्बनमा परेका छन् । उनलाई भ्रष्टाचारको अभियोग लागेको छ । उक्त मुद्दा हाल सर्वाेच्च अदातलमा विचाराधीन छ । रासस/सिन्ह्वा