परदेशी यसरी घर-गाउँ सम्झन्छन्

आमा भन्छिन् प्रदेश गाको छोरो कहिले आउला

बुवा भन्छन् छोरो मान्छे घुमिफिरी आउला

रहर थियो हिड्ने डुल्ने सधै भरि सङ्गै

बाध्याताले रुनु प¥यो परदेशमा सँधै !

छोरा छोरी रमाउँदा हुन् बुवा आउला भनी

जिवन सङ्गी रुँदी हुन् औँला गनी गनी

रहर थियो हास्ने खेल्ने सधै भरी सङ्गै

बाध्याताले रुनु प¥यो परदेशमा सँधै !

गाउँ घरमा धेरै थियो तिर्नु पर्ने ऋण

फर्की आउला एक दिन रुन्छेउ सधै किन ?

रहर थियो गाउने नाच्ने सधै भरी सङ्गै

बाध्याताले रुनु प¥यो परदेशमा सँधै ! ! !

मनबहादुर श्रेष्ठ (जोर्डन)