विवाह गर्दै ऋतिक रोशन !

मुम्वई (एजेन्सी)–  भारतीय संचारमाध्यमहरुले जनाएअनुसार बलिउड अभिनेता ऋतिक रोशन र सुजैन खान फेरि एक हुने भएका छन् । उनीहरु आफ्ना दुई बच्चाका लागि ऋतिक र सुजैन एक हुने चाहेको जनाइएको छ ।

२०१४ मा ऋतिक र सुजैनको डिभोर्स भएको थियो । उनीहरुको डिभोर्स भएपछि बच्चामा खराब असर परेको भन्दै उनीहरु एक हुन लागेको बताइएको छ । उनीहरुको डिभोर्सपछि छोरा रिहान र रिदान स्वभाव बदलिएको बताइएको छ ।