मदन भण्डारी गोल्डकपमा पहिलो खेलमा थ्रिस्टार विजयी

इटहरी (पास)– थ्रिस्टारका मार्टिन इटरहीमा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकपको पहिलो खेल जीत्न निर्णायक बनेका छन् । पहिलो हाफको ३८औँ मिनेट र र दोस्रो हाफको २ मिनेटमा मार्टिनले गोल गरेका हुन । दोस्रो हाफको २२ मिनेटमा पिटरले आफ्नै पोस्टमा गोल हाने पछि सशस्त्र प्रहरीको एपीएफलाइ एक गोल प्राप्त भएको थियो ।

दुुइ एकको अग्रता लिएको थ्रिस्टारले पुनः अर्को गोल गर्ने धेरै सम्भावना खेल फालेको थियो । आशा गरिएका खेलाडी विमल घर्ति मगरले बारम्बारको प्रयास खेर फोले पछि उनलाइ दोस्रो हाफको अन्तिममा थ्रिस्टारमा चन्द्र कुमार माधवराज केसीले मैदान बाहिर पठाएका थिए । केसीका अनुसार मगरले अन्य खेल भन्दा आ कमजोर प्रस्तुती गरेका हुन् ।

एपीएफले पहिलो हाफमा कमजोर प्रस्तुती गरे पनि दोस्रो हाफमा केहि उत्साहजनक प्रस्तुती गरेको थियो । तर उसले खेल अवधिभर कुनै जादुु गर्न सकेन । एपिएफका कोच चन्द्र कुमार रौनियाले खेल फेयर नभएका कारण जीत हाँसिल गर्न नसकेको बताए । उनले आफ्ना खेलाडीको समेत अन्य दिन भन्दा केहि कमजोर प्रस्तुती भएका कारण पराजीत बन्न पुुगेको बताए ।

शनिबारको खेलको उत्कृष्ट खेलाडी थ्रिस्टारका मार्टिन घोषित भए । उनलाइ राष्टिय खेलकुर परिषदका सदस्य सचिव केसव कुमार विष्टले नगद १० हजार प्रदान गरे । आजको खेल झापा ११ र मनाङ मर्याङदी बिच हुने आयोजकले बताएको छ ।

इटहरीको पुरानो क्लब राष्ट्रिय जागृती क्लबले आयोजना गरेको फुुटबल प्रतियोगतिामा ८ ओटा क्लबले सहभागीता जनाएका छन् । उक्त गोल्डकप मुलुककै सर्वाधिक राशकिो प्रतियोगीता हो । विजेताले १२ लाख नगद, २.५ तोला र ८० तोला चाँदिबाट निर्मित ट्रफि प्रदान गरिने छ भने उपविजेतालाइ नगद ५ लाख प्रदान गरिने छ ।

राष्ट्रपती विद्यादेवी भण्डारीले गोल्डकपको उद्घाटन गरिन् । इटहरी रंगशालामा राष्ट्रपति भण्डारीले बेलुन उडाएर र फुुटबल मुख्य निर्णायकलाइ हस्ताण्तरण गरेर गोल्डकपको शुुभारम्भ गरेकी हुन् । राष्ट्रपति भण्डारीले स्वर्गीय मदन भण्डारीको लोकप्रिय खेल पनि फुटबल नै भएका हुँदा वहाको नामबाट गोल्डकपको आयोजना हुँदा खुसि लागेको बताइन् । उनले खेलकुद सम्बिन्धि गतिविधि बढ्दै जानुपर्ने बताइन् ।

खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले इटहरीलाइ स्पोर्टस सिटिको रुपमा विकास गर्ने उद्देश्यले अहिले सम्मको ठुलो पुरस्कार राशीको फुुटबल प्रतियोगीता इटहरीमा गरिएको बताए । उनले यस्ता अधिक पुरस्कार राशीको खेल प्रतियोगीताले प्रतिभाशाली खेलाडी जन्मिन सहयोग पुु¥याउने बताए । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केसवकुमार बिष्टले प्रदेश एकको प्रतिनिधित्व गर्ने फुुटबल प्रतियोगीता गृहनगर इटहरीमा भएको हुँदा इटहरी फुुटबल सिटिको रुपमा विकास हुँदै गरेको बताए । उनले इटहरीलाइ चहिने सम्पुुर्ण पुुर्वाधार निर्मा्धिन अवस्था मै भएको हुँदा यसलाइ चिनाउन पनि सर्वाधिक राशीको गोल्डकपको आयोजना गरिएको बताए ।

इटहरीको पुरानो क्लब राष्टिय जागृती क्लबले आयोजना गरेको फुुटबल प्रतियोगतिामा ८ ओटा क्लबले सहभागिता जनाएका छन् ।