‘चंगा’मा नयक बने बुद्धी (हैट)

काठमाडौं (पास)– राजधानीमा एक कार्यक्रमबीच घोषणा गरिएको चलचित्र ‘चंगा’मा अभिनेता बुद्धी तामाङ मुख्य भँमिकामा रहने भएका छन् ।

हास्य कलाकार किशोर भण्डारी (डिठ्ठा साब)को निर्देशन ‘चङ्गा’मा बुद्धीका अलावा कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरुको समेत अभिनय रहनेछ ।

कार्यक्रममा निर्देशक भण्डारीले विशुद्ध नेपाली मनोरञ्जनात्मक चलचित्रको रुपमा ‘चङ्गा’ बनाउन लागेको बताए । चलचित्रका कार्यकारी निर्माता प्रकु पाण्डे हुन् भने रिश्मा तिमल्सिना निर्मात्रीको रुपमा रहेकी छिन् ।