सन्देशमूलक लोक दोहोरी लाखौँ लाख सार्वजनिक (भिडियोसहित)

काठमाडौं (पास)– लोकदोहारी क्षेत्रका चर्चित गायक तथा मोडेल रमेश बाबु थापा र चर्चित गायिका देवी घर्तिको आवाजमा लाखौँ लाखमा तिमिलाई नै रोजेको …बोलको लोकदोहोरी भाका सार्वजनिक भएको छ ।

यो गितमा सुन्न सकिनेछ भने गीतको लय सिर्जना पनि रमेश बाबु थापाले नै गरेका छन् र शव्द भने राम चन्द्र शर्माको रहेको छ । यसैगरि उक्त म्युजिक भिडियोको निर्देशन चाहिँ दुर्गा पौडेलले गरेका छन् ।

पछिल्लो समयका अधिकांश युवाहरु माया प्रेममा पाएको धोकासगैँ कुलतमा फस्ने गरेका पाइन्छन् । यस्तै कथालाई आधार बनाएर निर्माण गरिएको यस गीतमा कुलतमै फसेका कारण प्रेम सम्बन्धसमेत छुटेको छ भन्ने कुरालाई देखाइएको छ । तसर्थ यस गीत अहिलेको युवा पिढीँहरूको माया प्रेमको यथार्थतालाइ चित्रण गरि तिनै विषयबस्तुको आधारमा बनाएको छ ।