‘कभर सङ’ कि ठगीको रङ ?

काठमाडौँ — सामान्य र स्वाभाविक कुरा हो— लोकप्रिय गीतहरू स्रोता वा अन्य कलाकारले पनि गाउँछन्, गाउँदै आएका पनि छ । त्यस्ता गीतहरू पिकनिक वा पार्टी वा रङ्गमञ्चहरूमा पनि गाइन्छन् । सार्वजनिक गरिएका गीत–सङ्गीत सार्वजनिक भएकै कारण त्यसलाई मन पराउने वा त्यसको आनन्द लिने अधिकार श्रोता वा साधकलाई प्राप्त हुन्छ ।

तर, यसको अर्थ गीत सार्वजनिक भएपछि त्यसउपर मूल स्रष्टा वा सर्जकको अधिकार कायम रहँदैन भन्ने कुरा जसरी सत्य होइन, त्यसरी नै श्रोता वा अन्य साधकले सार्वजनिक प्रसारणमा आएको गीत–सङ्गीत आफूखुसी जसरी पनि प्रयोग गर्न पाउँछन् भन्ने पनि होइन।

दुवैका आ–आफ्ना अधिकार र सीमाहरू छन्। कानुनले त्यो सीमा निर्धारण गर्छ। गीत–सङ्गीतका सन्दर्भमा विश्व–परिवेशसँग प्रायस् मेल खाने किसिमको कानुनी व्यवस्था नेपालमा पनि छ।

नेपालको संविधान, २०७२ ले मौलिक हक र कर्तव्यअन्तर्गत नागरिकलाई सम्पत्तिको हक प्रदान गरेको छ र संविधानको धारा २५ ९१० मा ‘प्रत्येक नागरिकलाई कानुनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुनेछ’ भन्दै यस धाराको प्रयोजनका लागि ‘सम्पत्ति’ भन्नाले ‘चलअचल–लगायत सबै प्रकारका सम्पत्ति सम्झनुपर्छ र सो शब्दले बौद्धिक सम्पत्तिसमेतलाई जनाउँछ’ भनी स्पष्टीकरण मार्फत सम्पत्तिको परिभाषासमेत गरेको छ। यस अर्थमा बौद्धिक सम्पत्ति पनि ‘सम्पत्ति’ हो।

यसलाई प्रतिलिपि अधिकार ऐन, २०५९ ले थप स्पष्ट पारेको छ। ऐनको दफा २ ९क० मा ‘रचना’ भन्नाले ‘साहित्य, कला, ज्ञान विज्ञान र अन्य क्षेत्रमा मौलिक एवम् बौद्धिक रूपले प्रस्तुत गरिएका रचना सम्झनुपर्छ ।’ भन्दै रचनाका विविध स्वरूप वा प्रकृतिका बारेमा उल्लेख गरेको छ र यही मेसोमा शब्दसहित वा शब्दरहित साङ्गीतिक रचना तथा श्रव्य–दृश्य रचनालाई पनि ‘रचना’ भित्र समेटेको छ। यसको सोझो अर्थ हो— गीत–सङ्गीत पनि बौद्धिक सम्पत्तिकै एउटा रूप हो।

यत्ति स्पष्ट भैसकेपछि अर्को चरणमा जानकारी लिनुपर्ने कुरा भनेको गीत–सङ्गीतमाथि कसको, कस्तो र कुन हदसम्म अधिकार रहन्छ भन्ने नै हो। प्रतिलिपि अधिकार ऐनले यसको स्पष्ट व्यवस्था गरेको छ। जसअनुसार गीत–सङ्गीतको सन्दर्भमा रचना तयार गर्ने व्यक्तिलाई ‘रचयिता’ को हैसियतमा परिभाषित गर्दै अन्यथा व्यवस्था भएमा बाहेक ऐनको दफा ६ ले रचनाको आर्थिक अधिकारको पहिलो धनी ‘रचयिता’ हुने स्पष्ट व्यवस्था गरेको छ भने दफा ७ ले आर्थिक अधिकार ९दाम पाउने अधिकार० र दफा ८ ले नैतिक अधिकार ९नाम पाउने अधिकार० को प्रत्याभूति ‘रचयिता’ लाई दिएको छ।

यसरी नै यस ऐनबमोजिम रचयितालाई प्राप्त नैतिक र आर्थिक अधिकार रचयिताको जीवनभर र निजको मृत्यु भएकोमा मृत्यु भएको वर्षबाट पचास वर्षसम्म संरक्षित हुने व्यवस्था पनि ऐनको दफा १४ ले गरेको छ। सजिलो भाषामा भन्नुपर्दा, यस सन्दर्भमा गीतकार र सङ्गीतकार भनेका ऐनले परिभाषित गरेअनुसारका ‘रचयिता’ हुन्।

कानुनमा भएका यी व्यवस्थाहरूको पालना गर्नु, गराउनु गीतकार, सङ्गीतकार वा गायक गायिकाको मात्र होइन, सरकारी वा गैरसरकारी निकायहरूसहित देशका सबै नागरिकको साझा कर्तव्य हो। फेरि पनि यी संवैधानिक र कानुनी व्यवस्थाको प्रयोग र पालना अपेक्षित रूपमा हुन सकिरहेको छैन। खर्चै नपर्ने नैतिक अधिकार ९सिर्जनाबापत सर्जकले नाम पाउने अधिकार० त रचयिताहरूले पाइरहेका छैनन् भने आर्थिक अधिकार ९अरूले सिर्जना प्रयोग गरेबापत सर्जकले दाम पाउने अधिकार० त झन् अझै ‘आकाशको फल’ जस्तै अवस्थामा छ भन्दा पनि हुन्छ।

तर, यसो भनेर विगतमा जस्तो अब पनि ‘यत्तिकै चल्छ’ भन्ने अर्थमा कसैले यसलाई बुझेको छ भने त्यो सरासर भ्रम हुनेछ। गीत–सङ्गीतसँग सम्बद्ध स्रष्टा–कलाकारहरू यी अधिकारको कार्यान्वयनका लागि साङ्गठनिक रूपमै जुटिसकेका छन् भने उनीहरूको क्रियाशीलताका कारण संसद्को निर्देशनमा सरकार–सम्बद्ध निकायहरू अहिले कानुन कार्यान्वयनका लागि एकजुट भएर लाग्नैपर्ने परिस्थितिको बीचमा घेरिइसकेका छन्। यो आफैँमा सुखद सन्दर्भ हो।

स्रष्टा–कलाकारका लागि राज्य वा सरकारले, अर्थोक केही गर्न नसके पनि, अन्तर्राष्ट्रिय जगत्मा आफूले जनाएको प्रतिबद्धता र तदनुरूप आफैँले तर्जुमा गरेको कानुनी व्यवस्थाको कार्यान्वयन मात्र गरिदिने हो भने सिर्जनाको यो गौरवशाली क्षेत्र— सम्पन्नताको क्षेत्रसमेत हुन पुग्नेछ। स्रष्टा–कलाकारहरूको जीवनमा समृद्धि मात्र आउने होइन, यसैका कारण राष्ट्रको ढुकुटीमा समेत वृद्धि हुने अवस्था छ। तर, यसका लागि गीत–सङ्गीतको प्रयोगलाई व्यवस्थित गर्नु अनिवार्य रूपमा आवश्यक छ।

पुराना समस्याहरू त आफ्ना ठाउँमा छँदै थिए। ‘कभर सङ’ को नाममा एउटा अर्को नयाँ समस्या, केही वर्षदेखि, यो क्षेत्रमा थपिएको छ।

कुनै कालखण्डमा रचित लोकप्रिय कुनै गीतलाई अरू कुनै कलाकार (प्रायस् नयाँ कलाकार) ले आफ्नो स्वरमा रेकर्ड वा छायाङ्कन गरी सार्वजनिक सञ्चार मार्फत प्रचारप्रसार गर्दै आएको कार्यलाई नै सामान्यतस् ‘कभर सङ’ को रूपमा बुझ्न सकिन्छ।

यी पङ्क्तिका लेखक पनि यदाकदा गीत रचना गर्ने व्यक्ति वा कानुनी भाषामा ‘रचयिता’ भएको र आफूद्वारा रचित केही गीतहरू ‘कभर सङ’ को नाममा युट्युबलगायतका सञ्चारमाध्यमद्वारा प्रसारणमा आएको कारण, आफ्नै अनुभवलाई केन्द्रमा राखेर त्यसका बारेमा केही चर्चा गर्नु, आधिकारिक हिसाबले, बढी उपयुक्त हुने सोच यो लेखनको क्रममा राखेको छु।

मेरो अनुभवको निष्कर्ष छ— कभर सङको नाममा एउटा ठूलो विकृति यता केही वर्षदेखि नेपाली गीत–सङ्गीतको क्षेत्रमा भित्रिएको मात्र होइन, यसले प्रतिलिपि अधिकार ऐनको कार्यान्वयनमा एउटा अर्को समस्या थपेको छ र विद्यमान कानुनी व्यवस्थाको उपहास गरेको छ। युट्युबमा ‘कभर सङ’ भनेर राखिएका यस पङ्क्तिका लेखककै पनि केही गीतहरू छन्। ती सबैको चर्चा गर्नपट्टि नलागेर दृष्टान्तका रूपमा दुईवटा मात्र गीतहरूको चर्चा गर्नु नै पनि पर्याप्त हुनेछ भन्ने लाग्दछ। मूल स्रष्टाको हैसियतमा मसँग कसैले पनि लिखित वा मौखिक रूपमा स्वीकृति वा सहमति नलिईकनै ‘कभर सङ’ को रूपमा तयार गरिएका यी दुवै गीतहरू युट्युबमा उपलब्ध छन्।

‘लैजा चरी मेरो खबर जहाँ होला उसकोसहर। ’ बोलको मेरो शब्द रचना, न्ह्यू बज्राचार्यको सङ्गीत र योगेश्वर अमात्यको स्वरमा रेकर्ड भएको मूल गीत युट्युबमा ‘कभर सङ’ भनेर रोजन परियारले गाएको भिडियो राखिएको छ। एम एन्ड एस भीएमएजी च्यानल मार्फत युट्युबमा राखिएको यो भिडियोमा एकातिर गीतकार र सङ्गीतकारको नाम कतै पनि उल्लेख भएको छैन भने अर्कोतिर भिडियो उत्पादक, निर्देशक, सम्पादकसमेतको नाम सुरु र अन्त्यमा समेत गरी दोहोर्‍याएर राखिएको छ।

‘रुस्लान कभर फैक्टरी’ उल्लेख भएको उक्त भिडियोमा ‘रुस्लान’ को लोगोसमेत प्रयोगमा ल्याइएको छ। व्यापारिक संस्थाको लोगो प्रयोगमा ल्याइएको यो भिडियोसँग आर्थिक पक्ष पनि जोडिएको स्पष्ट देखिन्छ। सुरुमै पनि भनिसकेको छु— यस गीतको गीतकारको हैसियतमा मसँग न त गायक, न त उत्पादक, न त लोगो प्रयोककर्ता ‘रुस्लान’ ९कम्पनी० कसैले पनि सम्पर्क गरेको वा सहमति लिएको अवस्था छैन।

यसरी नै ‘सोचेजस्तो हुन्न जीवन, सम्झेजस्तो हुन्न जीवन।’ बोलको मेरो शब्द–रचना, नातिकाजीको सङ्गीत र तारादेवीको स्वरमा रेकर्ड भएको मूल गीतलाई गीताश्रीले कभर सङको रूपमा गाइ त्यसको भिडियो युट्युबमा राखेकी छन्। यो भिडियोमा गीतकाररसङ्गीतकारको नाम त उल्लेख छ। तर, दुर्भाग्य १ गीतकारको छवि ध्वस्त हुने गरी गीतका शब्दहरू बिगारेर गाइएको छ। मैले नलेखेको र गीतका सन्दर्भमा ‘अनर्थ’ लाग्ने शब्दहरूको प्रयोग भएको छ। यो गीत डिजे एल एक्सको च्यानलबाट युट्युबमा राखिएको देखिन्छ।

अब प्रश्न उठ्छ आफ्नो रहर वा लहड पूरा गर्न आफूखुसी यसरी गीत गाएर सार्वजनिक सञ्चारमाध्यममा राख्न उहाँहरूलाई कानुनले छुट दिएको छ त रु माथि उल्लेख गरिएको कानुनी प्रावधानलाई ध्यानमा राख्दा यस किसिमको इच्छा पूरा गर्न जो–कसैले पनि रचयिता वा प्रतिलिपि अधिकारको धनीबाट स्वीकृति वा अधिकार प्राप्त गरेको हुनुपर्छ।

म रचयिता वा प्रतिलिपि अधिकारको धनीले यसका लागि स्वीकृति नदिएको हुँदा यो कार्य सरासर कानुन–विपरीत छ, यसरी कानुनको उल्लङ्घन हुँदा नाम र दाम पाउने मेरो अधिकार अपहरणमा परेको छ। कानुन, थाहा थिएन भनेर कसैले पनि छुट पाउने अवस्था हुँदैन। कानुनको यो सर्वमान्य सिद्धान्तविपरीत मेरा गीतहरूलाई ‘कभर सङ’ को रूपमा गाउने गायकरगायिका, निर्माता, निर्देशक, युट्युबमा यसलाई राख्ने कम्पनी र यसमा आफ्नो लोगो प्रयोग गर्ने वा गर्न दिने ‘रुस्लान’ समेतका सबै व्यक्ति वा संस्थाले कानुनी कसुर गरेको प्रस्ट छ। ऐनले यस्तो कसुर गर्नेहरूलाई सजायको पनि व्यवस्था गरेको छ।

मलाई लाग्छ, यो मेरो मात्र नभएर सङ्गीतकारसहित मूल गायकरगायिकाको पनि पीडा हो।
‘कभर सङ’ को नाममा अगाडि ल्याइएका उल्लिखित गीतहरूका सन्दर्भमा त्यसरी गीत गाउने गायकरगायिकासहित सम्बद्ध सबैसँग मेरो प्रश्न छ— आफ्नो रहर वा लहड पूरा गर्न मेरो अनुहार छोप्ने वा मेरो पसिना निचोरेर आफूखुसी पिचकारी खेल्ने अधिकार तपाईंले कहाँबाट पाउनुभयो रु मेरा गीतका शब्दहरू तोडमोड गर्ने अर्थमा मेरो अनुहार कोपर्ने अथवा भनूँ मेरो छवि बिगार्ने अधिकार तपाईंलाई कसले दियो रु तपाईंले शब्दहरू बिगारेर गाउनुभएको यो गीत सुनेर अरूले त्यसैको अनुसरण गर्दा स्रष्टाको छविमा पर्ने दीर्घकालीन असरको क्षतिपूर्ति तपाईंले कसरी गर्ने रु अर्काको पसिना सित्तैमा खान हुँदैन भन्ने कुरा तपाईंलाई थाहा थिएन भनेर मैले कसरी स्वीकार गर्ने रु प्रस्ट छ— अरूको ‘सम्पत्ति’ प्रयोग गर्दा धनीको अनुमति लिनुपर्छ। र, यदि अनुमति नलिएरै तपाईंले कसैको सम्पत्तिमाथि मनपर्दी गरिहनुभएको छ भने तपाईं सजाय–भागी हुनैपर्छ। नेपालको कानुनले यही भन्छ।

तर, यसको अर्थ लोकप्रिय गीतहरू गाउने ‘इच्छा’ हुँदा उपाय नै छैन भन्नेचाहिँ होइन। रचयिता वा प्रतिलिपि अधिकारको धनीबाट स्वीकृति लिएर यो इच्छा पूरा गर्न सकिन्छ। सर्त के हो भने तपाईंले मूल स्रष्टाको नाम हटाउन पाउनुहुन्न। मूल रचनाको स्वरूप बिगार्न पाउनुहुन्न। तपाईं यसबाट ‘आर्जन’ गरिरहनुभएको छ भने त्यो आर्जन मूल स्रष्टाहरूलाई पनि बाँड्नुपर्छ। एकलौटी रूपमा आफूले मात्र खाने इच्छा राख्नुहुँदैन।

समस्या, कभर सङ गाउने गायकरगायिका वा सम्बद्ध कम्पनीमा मात्र सीमित छैन। प्रतिलिपि अधिकार उल्लङ्घन भएको भनी उजुरी प्राप्त भएको अवस्थामा प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले कारबाही गर्ने कुरा आफ्नो ठाउँमा छँदैछ। यस्तो अवस्थामा स्रष्टाहरूले पनि उजुर गरेर आफ्नो अधिकार संरक्षण गर्नतिर कदम चाल्नु पर्छ। तर, उजुरी आएन भन्दैमा प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय चुपचाप बस्न भने मिल्दैन। प्रतिलिपि अधिकारको संरक्षणको कानुनी जिम्मेवारी लिएको कारण आफैँले पनि जानकारीमा लिई यस्तो विकृति रोक्नका लागि उसले सक्रियता देखाउन आवश्यक छ।

आवश्यकतानुसार, सार्वजनिक रूपमा सजग गराउन, कानुनको मर्यादा कायम राख्न र दण्डहीनताको यो भयावह परिस्थितिको अन्त्य गर्न प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयलाई कसैले वा कुनै कानुनले रोकेको छैन। विधागत रूपमा स्थापना भएका नेपाल गीतकार सङ्घ, सङ्गीतकार सङ्घ, प्रस्तोता समाज मात्र होइन, रोयल्टी सङ्कलन समाज, नेपाल प्रतिलिपि अधिकार संरक्षण समाजसमेतले कानुनविपरीतका यस्ता क्रियाकलापहरू रोक्न पहल नगर्ने हो भने संस्था स्थापनाको उद्देश्य पराजित हुन गै संस्थाको अस्तित्वमाथि नै पनि प्रश्नचिह्न लाग्ने अवस्था आउन सक्छ।

निष्कर्षमा, ‘कभर सङ’ को नाममा हुँदै आएको कानुनविपरीतको क्रियाकलापलाई अविलम्ब नरोक्ने हो प्रतिलिपि अधिकार ऐनको कार्यान्वयन अझै जटिल हुँदै जानेछ र स्रष्टाको हित संरक्षण गर्ने राज्यको उद्देश्य नै पराजित हुनेछ। सरोकारवाला सबैले यसतर्फ चनाखो हुन जरुरी छ। कवि एवं गीतकार दिनेश अधिकारीले २०७४ माघ २० गतेको कान्तिपुर कोसेलीमा पछिल्लो समयमा गीत–संगीतको क्षेत्रमा भएको विसंगतिबारे लेखेको आलेख ।