अपहरणमा परेको भारतीय पानीजहाज मुक्त

नयाँदिल्ली (एजेन्सी)– पश्चिम अफ्रिकामा २२ जना भारतीय चालक दलका सदस्यसहित अपहरणमा परेको पानीजहाज मुक्त भएको भारतीय अधिकारीहरुले जनाएका छन् ।

सो जहाजमा १३ हजार ५०० टन पेट्रोल रहेको बताइएको थियो । उक्त पानीजहाज पश्चिम अफ्रिकी बेनिन्को कोतोनोउ शहरक्षेत्रको समुद्रबाट गत बिहीबारदेखि हराएको र पछि अपहरणमा परेको आशंका गरिएको थियो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले भारतले नाइजेरियामार्फत बेनिन्मा सम्पर्क गरिरहेको जानकारी दिएका थिए । मंगलबार सो विमान अपहरणबाट मुक्त भएको जानकारी भारतीय अधिकारीहरुले दिएका समाचारमा जनाइएको छ ।

बिहीबारदेखि सम्पर्कविहीन भएको यस जहाज सामुद्रिक डाँकुको कब्जामा रहेको पछि पत्ता लागेको थियो ।

उनीहरुले मंगलबार जहाज मुक्त गरिदिएको बताएपछि सो जहाज र यसका सबै सदस्यहरु जहाजको क्याप्टेनको नियन्त्रणमा आइसकेका समाचारमा उल्लेख गरिएको छ ।

अपहरणमुक्त जहाज र यसका सबै सदस्य सकुशल रहेका अधिकारीले जनाएका छन् ।

जहाजलाई अपहरणमुक्त गर्ने काममा लाग्ने सबैलाई भारत सरकारले धन्यवाद ज्ञापन परेको छ ।