नेपालीले आफ्नै साथीको हत्या गरेपछि २२ बर्ष जेल सजाय

काठमाडौं (पास)– मलेसियामा एक नेपालीले आफ्नै सहकर्मी साथीको हत्या अभियोगमा २२ बर्ष जेल सजायको फैसला भएको छ । मलेसियाको उच्च अदालतले बुधबार उक्त नेपालीलाई अर्का एक नेपालीको हत्यामा दोषि ठहर गर्दै सो सजाय सुनाएको हो ।

सजाय सुनाइएका १९ बर्षिय सुजन श्रेष्ठले ३० बर्षीय होमबहादुर मगरको होष्टलमा हत्या गरेको अदालतले ठहर गरेको छ । दुई बर्ष अघिको सो घटनामा ति व्यक्ति दोषी पाइएको अदालतको ठहर छ । घटना सन् २०१६ जुन ४ तारिखमा भएको थियो ।

यसअघि प्रहरीले श्रेष्ठलाई मृत्युदण्ड हुने कानून अन्तर्गत कानूनी प्रकृया अगाडि बढाइएको भएपनि पछि मुद्धाको प्रकृति फेरेर आजीवन कारावासको सजाय हुने कानून अन्तर्गत मुद्धा दायर गरेको मलेसियाको सरकारी सञ्चार माध्यम बनर्माले जनाएको छ ।