आइसिसी विश्व क्रिकेट लिगमा नेपालले क्यानाडालाई हराँदै विश्वकपको बाटो खोल्यो

काठमाडौं (पास)– आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले क्यानाडालाई हराउँदै विश्वपक खेल्ने बाटो खुला गरेको छ ।

क्यानडाले नेपालसामु प्रस्तुत गरेको १ सय ९५ रनको लक्ष्य अन्तिम बलसम्मको कसरतमा नेपालले १ विकेटले जित निकालेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको क्यानाडाले ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको थियो ।

पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, ललित भण्डारी, वसन्त रेग्मी, सोमपाल कामी, शक्ति गौचन, अनिलकुमार साह, मोहमद अरिफ, रोहितकुमार पौडेल, करण केसी, सन्दिप लामिछाने, दीपेन्द्रसिंह ऐर र दिलिप नाथ थिए ।

पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा ओमानसँग हार व्यहोरेको थियो भने तेस्रो खेलमा सोमबार युएईलाई हराएको थियो । नेपालको जितमा दिलीप नाथले ४१ रन बनाए ।