ढुङगाको कर्केमा घर

बाद्यवादन र नाचगानलाई आफ्नो पेशा बनाएको यो समुदायलाई शुरुमा तत्कालीन राजा रजौटा र जमिन्दारहरुले मनोरञ्जन लिनमा प्रयोग गरेको पाइन्छ । त्यसपछि यो पेशा पनि धेरै नटिकेपछि वादी समुदायका महिलाहरु बाध्यतावस यौन व्यवसायमा लागेको पाइन्छ । बाध्यतावस त्यस्तो पेशामा लागे पनि अहिले यो समुदायका महिलाहरुले यौन व्यवसाय छाडेर अन्य पेशामा छन् र राज्यले पनि यो समुदायलाई यौन हिंसामुक्त समुदायको रुपमा घोषणा गरिसकेको छ । वादी समुदाय अहिले आर्थिकरुपमा आत्मनिर्भर बन्ने प्रक्रियामा छन् । यो समुदाय भारतको वैशालीबाट लिच्छवि कालमा नेपाल छिरेको विश्वास गरिन्छ ।

माथिको तस्विर जाजरकोट छेडागाड नगरपालिकाको थलह बजारमा ढुङगाको कर्केमा टाँसेर निर्माण गरिएका वादी समुदायका घरहरु हो । तस्विर: हेमन्त के सी, जाजरकोट