विप्लव नेतृत्वको ३५ बढी नेता–कार्यकर्ता पक्राउ

विराटनगर (पास)– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुईजना केन्द्रीय नेतासहित ३५ जनाभन्दा बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगरमा आयोजित एक कार्यक्रममा सहभागी हुन आउने क्रममा प्रहरीले केन्द्रीय सदस्यहरु हेमन्तप्रकाश ओली र पूर्वराज्यमन्त्री पदम राईसहितका नेता तथा कार्यकर्तालाई राजवंशी चोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय विराटनगरमा राखिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका मोरङ सेक्रेटरी युगेनले कानेपोखरी, बेलबारी, केराबारी, विराटनगरको राजवंशी चोक, सुनसरीको इनरुवालगायतका स्थानबाट प्रहरीले १० वटा गाडी र त्यसमा रहेका आफ्नो पार्टीका कार्यकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नयाव उपरीक्षक विष्णुहरि कोइरालाले ।