मर्यादाक्रममा को–कहाँ ? हेर्नुहोस् राजपत्रको सूचना

काठमाडौं (पास)– नेपाल सरकारले प्रदेश सांसदहरुलाई विशिष्ट श्रेणीका कर्मचारीभन्दा तल्लो मर्यादामा राखेपछि आफूहरुलाई मर्यादामा तल पारिएको भन्दै प्रदेश सांसदहरुले असन्तुष्टि जनाएका छन् ।

सरकारले राजपत्रमा प्रकाशित गरेको मर्यादाक्रम अनुसार नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका कर्मचारीलाई ११ नम्बरमा राखिएको छ भने प्रदेश सांसदलाई १४ नम्बरमा राखिएको छ ।

सांसद मात्र होइन प्रदेशसभामा उपसभामुख, प्रदेश सरकारका राज्यमन्त्री, प्रदेशसभाका विभिन्न समितिका सभापतिभन्दा पनि सचिव पदलाई माथि राखिएको छ ।

यस्तो छ मर्यादाक्रम…