बालुवाटारमा पार्टी एकता संयोजन समितिको बैठक बस्दै, आजै एकताको सवै विषय टुंगिन सक्ने

काठमाडौं (पास)– नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

यही फागुन २ गते पार्टी एकता संयोजन समितिको मानभवन लतिलपुरमा बसेको बैठकमा केही सैद्धान्तिक विषयमा मिलाउन बाँकी थियो । आजको बैठकले सैद्धान्तिक र संगठनात्मक दुवै विषयमा मिलाउन कार्यदल गठन गर्ने र पार्टी एकताको मिति घोषणा गर्ने अनुमान गरिएको छ ।

बैठकमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, पार्टीका नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन् ।