नेपाल म्युजिक अवार्ड बैशाख १५ मा

काठमाडौं– १५ बैशाखमा ‘नेपाल म्यूजिक अवार्ड २०७५’ राजधानीको होटल अन्नपूर्णमा आयोजना हुने भएको छ ।चाहाना मिडियाको आयोजनामा हुन गईरहेको अवार्डको नोमिनेशन १५ फागुनमा सार्वजनिक हुँदैछ ।सन् २०१७ भित्र उत्पादन भएका विभिन्न नेपाली गीत संगीतले अवार्डमा आवेदन फारम भरेका छन् । आयोजकले अनलाईन प्रणाली मार्फत फारम भर्ने व्यवस्था मिलाएको थियो । अहिले आवेदन फारम भर्ने काम सकिएको छ ।

अवार्डका लागि अनलाईनबाट करिब ११ सय तथा अन्य माध्यमबाट ३ सय बढीले आवेदन दिएको चाहाना मिडियाका अध्यक्ष एवं अवार्ड मुल आयोजक समितिका संयोजक सहदेव कोइरालाले बताए । ३८ विधामा बाडिने अवार्डको उत्कृष्ट पाँच सुचि अहिले तयार भइरहेको छ । १५ सूची सार्वजनिक गरेर २० गते उत्कृष्ट पाँच भित्र पर्नेलाई प्रमाण पत्र वितरण गरिने संयोजक कोइरालाले जानकारी दिए । ‘नयाँलाई प्रोत्साहन र पुरानालाई सम्मान’ गर्ने उद्देश्यले आयोजना हुन लागेको अवार्डमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई ‘लाइफ टाइम अचिभमेन्ट’अवार्ड, वरिष्ठ लोक गायक बुद्धिकृष्ण लामिछानेलाई लोक साहित्य सम्मान तथा प्राज्ञ हरिदेवी कोइरालाई विशेष सम्मान दिइनेछ ।