दीपिकाले पाईन् ५०० रूपैयाँ

दीपिका पादुकोण अभिनित ‘पद्मावत’ विभिन्न विरोध र धम्की झेल्दै रिलिज भयो । रिलिजपछि फिल्मले वक्सअफिसमा लोभलाग्दो कमाइ गर्दै सफलताको झण्डा गाड्यो र हेर्नेजत्तिले दीपिकाको कामको खुलेर तारिफ गरे । यसरी खुसी हुनेमा फिल्मका निर्माता निर्देशक संजय लिला भन्साली पनि एक हुन् । उनले दीपिकाको कामबाट असाध्यै खुसी भएर उनलाई ५०० रूपैयाँको नोट प्रदान गरेका थिए । फिल्ममा दुई अभिनेता शाहिद र रणवीरभन्दा बढी पारिश्रमिक बुझेकी दीपिकालाई भने आफूले पाएको करोडौँ पारिश्रमिकभन्दा संजयले दिएको ५०० को महत्व धेरै राख्ने बताएकी छन् ।