अस्पताल परिसरमा लागुऔषध कारोबार

भक्तपुर – भक्तपुर अस्पताल परिसरमै लागुपदार्थ दुव्र्यसनी र कारोवारीबीच विभिन्न नामका लागुऔषध किनबेच हुने गरेपछि अस्पतालको विश्वसनियता देखिएको छ । अस्पतालको चौरमा खुलेआम लागुपदार्थ दुव्र्यसनी र कारोवारीबीच विभिन्न नामका लागुऔषध किनबेच हुँदै गरेको तथ्य सार्वजनिक भएको छ । मंगलबार अस्पताल परिसरबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर, हेटौँडा उपमहानगरपालिका वडा नं ६ बस्ने ३० वर्षीय आशिष कार्की, सिन्धुपाल्चोक साँगाचोक नगरपालिका वडा नं ९ बस्ने ३० वर्षीय रमेशबहादुर खत्री, सिन्धुपाल्चोककै भोटसिपा– ३ बस्ने ३९ वर्षीय धन भनिने दीपक श्रेष्ठ, खोटाङ फेदी– १ बस्ने २२ वर्षीय दौलत राई, काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका वडा नं ५ बस्ने २४ वर्षीय सुमन तामाङ र भक्तपुर नगरपालिका वडा नं ६ बस्ने २४ वर्षीय विकेश पहरी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।