‘कुटुमा कुटु’ को दर्शक झनै बढ्दै

काठमाडौं– ‘कुटुमा कुटु’ ले यूट्यूबमा ५ करोड भ्यूज नघाएको रेकर्ड राखेको छ । चलचित्र २ रूपैयाँको चर्चित गीतको दर्शक अझै बढ्दै छ । नेपाली संगीत क्षेत्रका लागि यो एउटा दुर्लभ कीर्तिमान हो ।यूट्यूबमा अपलोड गरेकै दिनदेखि यो गीतले कीर्तिमानमाथि कीर्तिमान कायम गर्दै आएको थियो । यूट्यूबमा मात्र नभएर मेलापातदेखि डान्स पार्टीसम्म गीत उत्तिकै लोकप्रिय छ । सबै उमेर समुहका नेपालीहरूको ओठमा यो गीत झुण्डिएको छ । गीतको कोरियोग्राफी पनि उत्तिकै रुचाइएको छ । यो गीत यत्तिका लोकप्रिय होला भनेर संगीतकार, गायक गायिकाले पनि सोचेका थिएनन् ।