आर्सनल दोस्रोपटक म्यान्चेस्टर सिटीसँग पराजित

काठमाडौं – गएराति राति भएको खेलमा लिग लिडर सिटीले शीर्ष चारमा पर्न संघर्षरत आर्सनललाई ३–० गोल अन्तरले हराएको हो । आफ्नै मैदानमा खेलेको आर्सनलविरुद्ध सिटीका बर्नार्डो सिल्भा, डेभिड सिल्भा र लेरोए सानेले एक–एक गोल गरे । आर्सनलको यो हार सिटीविरुद्ध ५ दिनको अन्तरमा लगातार दोस्रो हो ।

गत आईतबार सम्पन्न काराबाओ कप फुटबलको फाईनलमा पनि म्यान्चेस्टर सिटीले आर्सनललाई ३–० ले हराएको थियो । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले आर्सनलमाथि शानदार जित हात पारेको छ ।अब सिटीलाई लिगमा बाँकी १० मध्ये ५ खेल जिते उपाधि पक्का हुनेछ ।

आर्सनलको सिटीसँग पाँच दिनमा दोस्रो हार हो । इमिरेट्स स्टेडियममा भएको खेलमा सिटीले १५ औं मिनेटमा बेनान्डो सिल्भाको गोलबाट अग्रता लिएको थियो । २८ औं मिनेटमा सिल्भाले गोल गरे भने पाँच मिनेटपछि सानेले गोल गरे ।

दोस्रो हाफमा भने दुबै टिमबाट गोल हुन सकेन ।जितपछि म्यानचेष्टर सिटीको २८ खेलबाट ७५ अंक भएको छ र शीर्ष स्थानमा छ । आर्सनल भने ४५ अंकका साथ छैटौं स्थानमा छ ।