‘इन्काउन्टर गल्ली’ प्रदर्शनको तयारीमा

काठमाडौं– आगामी २ चैतमा ‘इन्काउन्टर गल्ली’ प्रदर्शनमा आउने भएको छ । राजन चौलागाईँद्वारा निर्मित फिल्मको रिलिज डेट निश्चित भएको हो । एनआर घिमिरेले निर्देशन गरेका चलचित्रमा गजित बिष्ट, नवराज राउत, श्वेता खड्का, राजन चौलागाईँ, ध्रुव कोइराला लगायतका कलाकारको अभिनय रहेको छ ।खुसी फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्म एक्सन प्रधान भएको बताइएको छ। ‘इन्काउन्टर गल्ली’ ले गल्ली–गल्लीमा हुने अपराधिक क्रियाकलापको कथा उठाएको निर्देशक घिमिरे बताउँछन् । फिल्ममा नायक गजित बिष्ट प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिँदै छन् ।