‘शत्रु गते’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

काठमाडौं– हरिवंश आचार्यको ‘शत्रु गते’को ट्रेलर सार्वजनिक भएको छ । आगामी ९ चैतदेखि प्रदर्शनको तयारीमा रहेको फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो ।सामाजिक कथामा केन्द्रित फिल्म विवाहमा बाधक बन्ने पात्रहरूको वरिपरि घुमेको छ । प्रदीप भट्टराईद्वारा निर्देशित चलचित्रमा रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसकार, दीपकराज गिरी, दिपाश्री निरौला र शिवहरी पौड्यालको संयुक्त लगानीमा निर्माण भएको हो ।

फिल्ममा पटकथा दीपकराज गिरी र प्रदीप भट्टराईले लेखेका छन् । फिल्मको संवाद लेखनमा पनि प्रदीपले हरिवंशलाई सहयोग गरेका छन् । फिल्मलाई दीर्घ गुरुङले छायांकन गरेका हुन् । फिल्ममा कविराज गहतराजको नृत्य निर्देशन छ भने संगीत राजनराज शिवाकोटीले दिनेछन् ।

फिल्ममा पल र आँचलबाहेक मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, राजाराम पौडेल, अञ्जु महर्जन, राजु भुजु, दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, प्रियंका कार्की लगायतको अभिनय रहेको छ ।