रियाल मड्रिड र लिभरपुल युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं– स्पेनिस फुटबल क्लव रियाल मड्रिड र इङ्ल्यान्डको लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।गएराति भएको प्रि क्वाटरफाइनल दोस्रो लेगको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजीलाई २-१ ले हराउँदै स्पेनिस जायन्ट रियाल मड्रिड अन्तिम आठमा पुगेको हो ।

खेलमा रियाल मड्रिडका क्रिश्चियानो रोनाल्डो र क्यासेमिरोले एक एक गोल गरे । पि.एस.जी.का एडिन्सन काभानीले एक गोल फर्काए ।पहिलो लेगमा ३-१ ले विजयी भएको रियाल मड्रिडले गएरातिको जितपछि खेल समग्रमा ५-२ ले आफ्नो पक्षमा पारेको हो ।

प्रि क्वाटरफाइनलकै अर्को खेलमा पोर्चुगलको एफ।सी पोर्टोलाई पाखा लगाउँदै इङ्ल्यान्डको लिभरपूल पनि अन्तिम आठमा पुगेको छ ।गएराति भएको दोस्रो लेगको खेल गोलरहित बराबरीमा सकिए पनि पहिलो लेगमा हात पारेको ५-० को जितको मद्दतले लिभरपुल क्वाटरफाइनलमा पुगेको हो ।

च्याम्पियन्स लिगमा आज राती दुई खेल हुनेछन् । आज इङ्ल्यान्डको म्यान्चेस्टर सिटी र पोर्चुगलको एफ।सी बाजल भिड्दा अर्को इङ्लिस क्लब टोटनह्याम हट्सपरले ईटालीको युभेन्टससँग खेल्नेछ ।