काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङ सर्वश्रेष्ठ सीईओ घोषणा भएका छन् ।लोडसेडिङको अन्त्य र विद्युत् चुहावटमा विशेष योगदान गरेको तथा नेपालको अर्थन्त्रका सकारात्मक परिणाम निकालेको भन्दै उनलाई वर्षको सर्वश्रेष्ठ सिइयो घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सीईओ क्लबले आयोजना गरेको उक्त कार्यक्रममा एसएमएस भोटिङका आधारमा घिसिङ सर्वश्रेष्ठ सिइयो घोषणा भएको जनाएको हो ।घिसिङसँगै प्रतिस्पर्धामा नबिल बैंकका डेपुटी सिइयो अनिल शाह, नेपाल टेलिककका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी, बैंकर चन्द्र ढकाललगायत रहेका थिए । सबै प्रतिस्पर्धीलाई पछि पार्दै घिसिङ सर्वश्रेष्ठ सीईओ भएको आयोजक संस्थाले जनाएको छ ।
बुधबार उनलाई एक कार्यक्रम माझ सर्वश्रेष्ठ सिइयोको अर्वाड दिइएको हो । यस्तै घिसिङलाई सर्वश्रेष्ठ सिइओसँगै ‘बेष्ट सीईओ अफ पब्लिक सेक्टर’ र सर्वाधिक लोकप्रिय सिइओ अवार्ड पनि दिइएको उल्लेख छ ।
विद्युतको माग र आपूर्तिको कुशल व्यवस्थापनका लागि उनलाई सम्मान गरिएको आयोजक संस्थाले जनाएको हो ।आफूलाई प्राप्त भएको सम्मानलाई सम्पत्तिको रुपमा स्वीकार गर्दै आगामी दिनमा आफ्नो क्षेत्रमा अझै सक्रिय भएर लाग्ने घिसिङले बताए ।