नेपालद्वारा पपुवा न्युगिनी ६ विकेटले पराजित

काठमाडौं (पास)– आईसीसी विश्वकप छनोटको प्लेअफ खेलमा नेपालले नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्दै शानदार जित निकालेको छ ।

जिम्बावेको वल्ड हरारियन्स स्पोर्ट्स क्लबमा भएको खेलमा नेपालले पपुवा न्युगिनीमाथि सहज जित हात पारेको हो । पपुवा न्युगिनीले दिएको ११५ रनको सामान्य चुनौति पछ्याउदै ब्याटिङ गरेको नेपालले २३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो ।

नेपालको जितमा दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाए । नेपालको जितमा मुख्य भूमिका खेलेको दीपेन्द्रले अविजित ५० रन बनाएका थिए ।

त्यस्तै, आरिफ शेखले २६ र कप्तान पारस खड्काले २० रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले २७।२ ओभरमा सबै विकेटको क्षतिमा ११४ रन मात्रै बनाउन सक्यो । पपुवा न्युगिनीका कुनै पनि खेलाडीले १९ रन भन्दा बढि बनाउन सकेनन् । पपुवा न्युगिनीका कार्लस अमिनी १९ जासन किलाले १५ रन बनाएपनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

पपुवा न्युगिनीका किप्लिन डोरिगा र सेसी बाउले समान ११–११ रन बनाए । त्यस्तै, कप्तान असद भाला र चड सोपरले समान १०–१० रन बनाएर आउट भएका थिए ।

नेपालले एक दिवसीय मान्यता पाउने सम्बन्धमा भने हङकङ र नेदरल्याण्डबीचको खेलमा भर पर्नु पर्ने भएको छ । नेदरल्याण्डले हङकङलाई पराजित गरेमा नेपालले स्वत एक एक दिवसीय मान्यता पाउने छ । तर हङकङले नेदरल्याण्डलाई पराजित गरेमा सातौ स्थानको लागि हुने नेपाल र हङकङबीचको विजेताले एक दिवसीय मान्यता पाउनेछ ।