जापानमा प्रदर्शन हुँदै ‘शत्रु गते’

काठमाडौं – चलचित्र ‘शत्रु गते’ जापानमा प्रिमियर शो हुने भएको छ । बहुप्रतिक्षित मानिएको यो चलचित्रलाई ए(वान इन्टरटेन्मेन्टले जापानमा प्रदर्शन गर्न लागेको हो ।चलचित्र आगामी अप्रिल ८ तारिख आइतबार जापानको राजधानी टोकियोस्थित नाकानो जिरो हलमा प्रदर्शन हुने ए–वान इन्टरटेन्मेन्टका निर्देशक कृष्ण लामाले बताए ।

चलचित्र टोकियोसहित नागोया, फुकुओका, सिजोओका, गुन्मा, तोचिगी, ओकिनावा लगायतका स्थानमा समेत प्रदर्शन गरिने निर्देशक लामाले बताए ।कमेडी जनरामा सामाजिक कथा बोकेको चलचित्र ‘शत्रु गते’मा निर्देशक प्रदिप भट्टराईले चलचित्र बिवाहमा बाधक बन्ने पात्रहरूको वरिपरि घुमाएका छन् ।