‘अमेरिका बोइज’को टिजर सार्वजनिक

काठमाडौं (पास)–चलचित्र ‘अमेरिका बोइज’को टिजर सार्वजनिक भएको छ ।

अर्पण थापा, सुनिल थापा, सन्दिप छेत्री, हरिहर शर्मा, कामेश्वोर चौरासिया, अभय बराल, आसिश प्रसाई, श्रीस्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुबास गजुरेल, राजु खरेल, मनिष राउतलगायतका कलाकारहरुको अभिनय रहेको अमेरिका बोईजलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् ।

सीबर्ड्स पिक्चर्स र बडी इन्टरटेनमेन्टको ब्यानरमा प्रकाश भुजेल र इन्द्र प्रशाद खरेलले निर्माण गरेको यस चलचित्रका कार्यकारी निर्माता समिर खरेल हुन् भने सहनिर्माताका रुपमा अनुप थापा यमुना खरेल र राज केसी रहेका छन् । चलचित्रमा कथा स्क्रीन प्ले र सम्बाद बिबेक पाण्डे, छायाङ्कन आलोक शुक्ला, सम्पादन निमेष श्रेष्ठको रहेको छ ।

चलचित्रमा दिपक आरजे र जयन जेवाईवाको रहेको छ । सम्राट बस्नेतको द्वन्द्व रहेको चलचित्रको कोरियोग्राफर सुनिल क्षेत्री र नेपाली ठिटोज हुन् । चलचित्र जेठ १८ देखि नेपालमा रिलिज हुँदैछ ।