सोतिबारिको सानू गोरेटोबाट सुटुक्क निस्किएका
कहिले कान्छी दिदीको भट्टीबाट
कहिले सुबिदार्नी अजिको सानू छिँडीबाट
मन्द मुस्क्कानमा राता आँखा पार्दै
कविताका हरफ सङ्गै भेटिएका
ए मेरा गुरुदेब प्रकाश खनाल !
भन म तिम्रा शब्दमा कति प्यासी छु,
तिमी कबिताको मदिरा पिउँछौ
म तिम्रा शब्द ले प्यास मेटाउछु
तिम्रो पिउने मदिरा मा भक्ते लाई मर्चा बनाउछौ
जयनिधी सरलाई नशा बनाउँछौ
कोनि कति भक्तजनहरुले तिम्रो सास लाई अक्सिजन बनाए
मैले पनि तिमिलाइ १२ बर्ष पिए,
तर तिर्खा मेटिएन
ए मेरा प्रिय गुरुदेब प्रकाश !
भन म मरुभूमिको तातो बाफ बाट
तिमीलाई के चिनो पठाउँ
तिमीलाई पठाउने मेरो प्याला भित्र
न सोति वारि को गोरेटो छ,
न भानुभक्त स्कुल छ,
झुल्के घाम सँगै तिम्रो ज्योति लिन आएका
एक हुल युवती र उनका युवाहरु,
तिमी सङ्गै रम्न आइपुग्छन्
म संग त फगत पसिनाले निथ्रुक्क भिजेको डाङ्ग्रीभित्र
लुकेको एक चोइटा तिमी लाई नमन सलाम छ !
मरुभूमिको तातोबाफ बाट
तिम्रा हजारौँ विद्यार्थीहरु
हरेक साँझ तिमीले फालेको सास लाई
अक्सिजन बनाउँदै
तिम्रा तस्बिरहरूमा औँला उठाउँछन्
म पनि तिम्रा शब्दहरुलाई मदिरा बनाई होस गुमाउँछु ।
(मेरा आदरणीय गुरु प्रकाश खनाल ज्युका हरेक स्टाटस र तस्बिरहरुले हामी प्रवासमा बसेका उहाँका विद्यार्थीहरुलाई घरमै भएको अनुभुति गराउँछ । किन–किन आज मलाई पनि आज उहाँकै भाकामा सम्झन मन लाग्यो । )
इलाम । हालः कतार