खुसी रहने एउटा शुत्रकथा

एक जना युवकले एक सुन्दर युवतीसँग विवाह गर्यो । विवाह पछी दुबैको ज़िन्दगी धेरै नै प्रेमपूर्ण र उल्लासका साथ बित्यो ।

उसले पत्नीलाई धेरै चाहन्थ्यो र उसको सुन्दरताको हमेशा तारिफ गरिरहन्थ्यो । तर, केही महिना पछि पत्नीलाई छालाको रोगले समात्यो र बिस्तारै बिस्तारै उसको सुन्दरता हराउँदै गयो ।

आफूलाई यस्तो देखेर उसको मनमा डरले घेर्न थाल्यो कि यदि उ कुरूप भइ भने उसको पतिले उसलार्इ घृणा गर्न थाल्छ र उसले उसको घृणा सहन सक्दिन ।

यतिकैमा एक दिन पतिलार्इ कुनै काम बिशेष गाउँबाट बाहिर जान पर्यो । काम सकेर जब उ घर फर्किँदै थियो, उसको दुर्घटना भयो । दुर्घटनामा उसले आफ्नो दुवै आँखा गुमायो । तर, त्यसपछि पनि ति दुबैको जिन्दगी सामान्य तवरमा अगाडी बढ्दै रहयो ।

समय बित्दै गयो र छाला रोगको कारण पत्नीको आफ्नो सुन्दरता पुर्णरुपले गुमाएकी थिर्इ ।

उ कुरूप भइ । तर अन्धो पतिलाइ यस बारेमा केही पनि थाहा थिएन त्यसैले उनीहरुको खुशी विवाहित जीवनमा कुनै प्रभाव परेन । उसले पत्नीलाई पहिलाको झैं प्रेम गरीरहयो ।

एक दिन उसको पत्नीको मृत्यु भयो । पति अब एक्लो भएको थियो । उ धेरै दुःखी थियो । उ त्यो शहर छोडेर जान चाहन्थ्यो ।

उसले पत्नीको अंतिम संस्कार क्रियाविधि पूर्ण गर्यो र गाउँ छोडेर जान लाग्यो । त्यहीबेला एउटा मान्छेले पछाडीबाट उसलाइ बोलाउँदै भन्यो, ‘अब तिमी बिना सहारा एक्लै कसरी हिड्छौ ? यतिका बर्ष त तिम्रो पत्निले तिम्रो मदत गरेकी थिइन ।’

पतिले जवाब दियो, ‘मित्र, म अन्धो होइन’ मैले त सिर्फ अन्धो भएको नाटक गरिरहेको थिएँ । किनकि यदि मेरी पत्निलार्इ थाहा हुन्थ्यो कि मैले उसको कुरूपतालाइ देख्छु भने उसलाई त्यस रोगले भन्दा धेरै पिडा दिन्थ्यो ।
त्यसैले मैले यतिका बर्ष अन्धो भएको नाटक गरें । उनि धेरै असल पत्नि थिइन । मैंले उनलाई खुशी राख्न चाहन्थे ।’

शिक्षा– खुशी रहनको लागी हामीले पनि एक अर्काको कमी–कमजोरी प्रति आँखा बन्द गर्नु पर्दछ र ति कमी कमजोरीहरु लाइ नदेखे झैं गर्नुपर्छ ।