मन्त्रिपरिषदद्वारा प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, यस्ता छन् निर्णय

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण स्वीकृत गरिएको भएको छ ।मन्त्रिपरिषदको आज बसेको बैठकले प्रधानमन्त्री ओलीको यही चैत २३ देखि २५ सम्म हुने भारतको राजकीय भ्रमण अनुमोदन गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीसँगै अरु तीनजना मन्त्रीको नाम पनि अनुमोदन गरेको छ ।बैठकले सबै जिल्ला शिक्षा कार्यालयलाई जिल्ला शिक्षा समन्वय इकाइ स्थापना नहुँदासम्म काम गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

बैठकले चिकित्सा शिक्षा विधेयक, बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्यनिरूपण र मेलमिलाप आयोगसम्बन्धी प्रतिस्थापन गर्न बनेका विधेयक संसदमा पेस गर्ने निर्णय पनि गरेको छ ।

बैठकले भुक्तानी ऐन तथा भुक्तानी फर्छ्योट विधेयकलाई सैद्धान्तिक सहमति दिने निर्णय पनि गरेको सन्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

यस्तै, बैठकले एडीबीले अनुदानस्वरुप दिने एक अर्ब रुपैयाँ स्वीकार्ने निर्णय गरेको छ ।यस्तै, विधेयक सहजीकरण समितिको सदस्यमा कमल चालिसेलाई नियुक्त गरिएको छ । यस समितिमा महान्यायाधिवक्ता अध्यक्ष रहने व्यस्था छ ।