पहिलो सेमिफाइलनका लागि झापा र आर्मी भिड्दै

मोरङ – विराट गोल्डकप फुटबलमा आजदेखि सेमिफाइनलका खेल सुरु हुँदैछन् । पहिलो सेमिफाइनलमा आज झापा ११ र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । खेल बेलुका ६ बजेपछि विराटनगरको शहीद रंगशालामा सुरु हुनेछ ।

झापा ११ मोरङ ११ लाई र आर्मीले पुलिसलाई हराउँदै सेमिफाइन भेट पक्का गरेका छन् । आजको विजेताले उपाधिका लागि भोलि हुने थ्री स्टार र संकटा क्लबको विजेतासँग खेल्नेछन् ।काठमाडौ बाहिर नै पहिलो पटक कृत्तिम प्रकाशमा खेलाइएको प्रतियोगिताको विजेताले १२ लाख ७१ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।