समकालिन समयको यथार्थता बोकेको गीत ‘आमा मलाई घरको याद आयो…’

काठमाडौं (पास)– बरोजगारीको समस्या अनि विभिन्न बाध्यताकाबीच वार्षिक चार लाखको हाराहारीमा युवा विदेशिईरहेको समकालिन परिस्थितिलाई केन्द्रमा राख्दै सामाजिक यथार्थतामा आधारित ‘आमा मलाई…’ बोलको गीत सार्वजनिक भएको छ ।

एउटा छोरा जो आफ्ना बृद्ध आमा र बुबालाई छोडेर विदेशिएको हुन्छ । त्यसपछि उसले विदेशमा पाएको दुःख र आफ्ना आमा–बुबाप्रति दर्शाउने प्रेम-भावलाई एकदमै मार्मिक ढंगले गीतमा उठाईएको छ ।

रमेश दहालको रचनामा डेनी निरौलाको संगीत र विश्व नेपालीको आवाजमा तयार भएको उक्त गीतमा युवा पलायनले गाउँ–घर रित्तिँदा आउने सामाजिक असन्तुलनको पक्षलाई पनि उत्तिकै जोडका साथ उठाईएको छ । त्यसैगरी वैदेशिक रोजगारीले आर्थिक, सामाजिक र स्वास्थ्य सुरक्षाको पक्षमा कस्तो भूमिका खेल्छ भन्ने कुराको पनि चित्रण छ र विदेश पलायनका कारण हाम्रा खेतियोग्य जमिनहरुका साथै अन्य सम्भावना भएका विषयहरु कसरी सकिने वा नासिने क्रम बढेको छ भन्ने पक्षको पनि चित्रण छ ।

रोमी वस्नेतको एरेञ्जमा रहेको उक्त गीतको ‘लिरिकल भिडियो’ बुढासुब्बा म्यूजिकमार्फत सार्वजनिक गरिएको छ ।

यस्तो छ गीत…