असार १५ कसरी मनाईयो ? हेर्नुस् फोटो फिचरमा

हिलोमा रस्साकसी प्रतियोगिता

पोखरा पर्यटन परिषद्द्धारा पोखराको लेखनाथ महानगरपालिका २४ पामेमा आयोजित १५ औं असारे रोपाइँ महोत्सवका अवसरमा हिलोमा रस्साकसी प्रतियोगितामा सहभागी बन्दै विदेशीहरु । तस्बिरः बासुदेव पौडेल,पोखरा

 

धान दिवस मनाउँदै

पोखरा पर्यटन परिषद्द्धारा पोखराको लेखनाथ महानगरपालिका २४ पामेमा आयोजित १५ औं असारे रोपाइँ महोत्सवमा एक आपसमा हिलो छ्यापेर असार १५ मनाउँदै स्वदेशी तथा विदेशीहरु । तस्बिरः हरि बाँस्तोला, पोखरा

 

गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा शुक्रबार टोखा नगरपालिकाको झोरमा धान दिवस कार्यक्रममा सहभागी हुँदै । तस्बिरः किरण भट्टराई

राष्ट्रिय धान दिवस दौड

राष्ट्रिय धान दिवसको अवसरमा शुक्रबार भक्तपुरको चागुनारायणस्थित खेतमा दौडमा सहभागी हुँदै स्थानीय विद्याथी । तस्बिरः प्रदीपराज वन्त

सभापति देउवा धान रोपाइँमा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार राष्ट्रिय धान दिवसका अवसरमा भक्तपुरको खरिपाटीमा धान रोपाइँ गर्दै । तस्बिरः प्रदीपराज वन्त

धान रोप्न ढिलो साउँदै महिला

नुवाकोटको विदुर नगरपालिका–७ तुप्चेमा शुक्रबार १५ औं राष्ट्रिय धान दिवसका अवसरमा धान रोप्नका लागि ढिलो साउँदै महिला । तस्बिरः नवदीप श्रेष्ठ

राष्ट्रिय धान दिवस

नुवाकोटको विदुर नगरपालिका–७ तुप्चेमा शुक्रबार १५ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा सहभागी हुन आएका ११ जना अमेरिकी विद्यार्थी स्थानीयसँग हिलो खेलेर रमाउँदै । तस्बिरः नवदीप श्रेष्ठ, नुवाकोट