कतारमा हुने फिफा विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने

काठमाडौं– सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने भएको छ । विश्वकप इतिहासमै पहिलो पटक यो प्रतियोगिता जाडो महिनामा हुन लागेको हो ।

फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोका अनुसार आउँदो विश्वकप कतारमा नोभेम्बर २१ देखि डिसेम्बर १८, २०२२ मा खेलाइने छ । इन्फान्टिनोले मस्कोमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।