अनशनरत प्रा डा केसीलाई काठमाडौँ ल्याइयो

काठमाडौं– जुम्ला सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत प्रा डा केसीलाई आज काठमाडौँ ल्याइएको छ ।

बीस दिनदेखि अनशनरत प्रा डा केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट साँझ ६ः४५ मा काठमाडौँ ल्याइएको हो । टुँडिखेलमा अवतरण गराइएलगत्तै प्रा डा केसीलाई एम्बुलेन्समार्फत त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । अहिले प्रा डा केसीलाई त्रिवि शिक्षण अस्पतालको नाक, कान घाँटी वार्डमा राखिएको छ ।

डा केसीलाई काठमाडौँ ल्याउन खोज्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालभित्र झडप हुँदा एक जना प्रहरी गम्भीर घाइते हुनुका साथै केही व्यक्ति घाइते भएका छन् ।